PRABHU BANK

सेञ्चुरी कमर्सियल बैंकद्धारा एकैदिन दुई वार्षिक साधारणसभा सम्पन्न, प्रस्तावित लाभांश पारित

Century Bank
  • बैंकिङ संसार
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको एकैदिन दुई वटा वार्षिक साधारणसभा सम्पन्न भएको हो । बैंकले पुस २९ गते बुधबार एकैदिन नवौं तथा दशौं वार्षिक साधारणसभा सम्पन्न गरेको हो । उक्त सभा बैंकको अध्यक्ष राजेशकुमार श्रेष्ठको अध्यक्षतामा आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा सम्पन्न भएको हो ।
सभाले सेयरधनीलाई आर्थिक वर्ष २०७५/७६ को नाफाबाट चुक्ता पुँजीको ८ अर्व ४१ करोडको ४.७५ प्रतिशत नगद लाभांश (कर सहित) र २ प्रतिशत बोनस सेयर पारित गरेको छ । उक्त बोनस सेयर वितरण पश्चात् चुक्ता पुँजी ८ अर्व ५८ करोड रुपैयाँ पुगेको छ । यस्तै आर्थिक वर्ष २०७६/७७को नाफाबाट उक्त पुँजीको ५.२५ प्रतिशत बोनस सेयर र २.२५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
साथै सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण बाँडफाट लगायतका प्रतिवेदन पारित गरेको छ । यससाधारण सभाले संस्थापक सेयरधनीहरुबाट प्रतिनिधित्व गर्न ३ जना संचालक रमेश कुमार निरौला, मन बहादुर राई र रण बहादुर श्रेष्ठलाई निर्वाचित गरेको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म यस बैंकले कुल निक्षेप ८२ अर्व ४२ करोड रुपैयाँ र कर्जा रकम ६६ अर्व ९३ करोड रुपैयाँ परिचालन गरी २२ करोड २ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै