ज्योति विकास बैंकका ग्राहकहरूलाई होटेल मार्कोपोलोमा विशेष छुट

काठमाडौं । ज्योति विकास बैंकले काठमाडौंको हात्तीसारस्थित होटेल मार्कोपोलोसँग सहकार्य गर्दै आफ्ना ग्राहकहरूलाई विशेष छुट सुविधा प्रदान गर्ने सम्झौता गरेको छ। सम्झौताअनुसार, बैंकका ग्राहकहरूले होटेल मार्कोपोलोमा उपलब्ध खाना तथा रूम सेवामा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्।

ग्राहकहितलाई प्राथमिकतामा राख्दै बैंकले विभिन्न व्यवसायिक संस्थाहरूसँग सहकार्य गर्दै आकर्षक छुट तथा सुविधाहरू उपलब्ध गराउँदै आएको छ। यसै सन्दर्भमा, हालै बैंकले ललितपुरस्थित ‘बेक्ड एन्ड सर्भ्ड’ मा १२ प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता गरेको छ।

त्यसैगरी, काठमाडौंको ‘भ्यू थी हन्ड्रेड सिक्सटी थ्री डिग्री रिसोर्ट’ र ललितपुरको ‘प्याराडाइज हिल्स’ मा पनि बैंकका ग्राहकहरूले १० प्रतिशतसम्मको छुट सुविधा लिन सक्नेछन्।

हाल ज्योति विकास बैंकले १२१ शाखा, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्