PRABHU BANK

मेगा बैंकद्धारा ‘वीच्याट-पे’ भुक्तानी सेवा सार्वजनिक, क्यूआर कोड स्क्यान गरी डिजिटल रुपमा भुक्तानी गर्न सकिने

Mega Bank
  • बैंकिङ संसार
काठमाडौं । मेगा बैंक लिमिटेडले ‘वीच्याट-पे’ भुक्तानी सेवा सार्वजनिक गरेको छ । बैंकले छिमेकी मुलक चीनको प्रख्यात ‘वीच्याट-पे’ सँग भुक्तानी सेवाका लागि साझेदारी गरी उक्त सेवा सार्वजनिक गरेको हो । यो सम्झौतापछि ‘वीच्याट-पे’ मोबाइल वालेट प्रयोगकर्ताहरुले मेगा बैंक अन्तर्गतका मर्चेन्टहरुमा राखिएका क्यूआर कोड स्क्यान गरी डिजिटल रुपमा रकम भुक्तानी गर्न सकिने ब्यवस्था मिलाइएको छ । 
नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरु तथा नेपालवाट सामान आयात गर्ने चिनियाँ व्यापारीहरुले अब विभिन्न सामाग्री तथा सेवाको लागि ‘वीच्याट-पे’ मार्फत रकम भुक्तानी गर्न सक्ने भएका छन् । नेपालमा वर्षेनी लाखौं चिनियाँ पर्यटकहरु आउने गरेका छन् । चीनमा निकै लोकप्रिय रहेका ‘वीच्याट-पे’ मार्फत नेपालमा रकम भुक्तानी गर्न पाउँदा चिनियाँ पर्यटकहरु लाभान्वित हुनेछन् भने राष्ट्रलाई विदेशी मुद्रा आर्जनमा सघाउ पुग्ने विश्वास बैंकले लिएको छ । 
डिजिटल बैंकिङ सेवालाई प्राथमिकतामा राख्दै आएको बैंकले भुक्तानी सेवालाई सहज र प्रभावकारी बनाउन आगामी दिनमा पनि यस्ता साझेदारीलाई प्राथमिकता दिने योजना बनाएको बैंकका प्रमुख बजार अधिकृत (सीएमओ) मनोज खड्काले बताएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै