PRABHU BANK

राष्ट्रिय वाणिज्य बैंक र नेफोनपे पेमेन्ट सर्विसबीच सम्झौता, राजस्व मोबाईल बैकिङबाटै भुक्तानी गर्न सकिने

Rastriya Banijya Bank
  • बैंकिङ संसार
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नेफोनपे पेमेन्ट सर्विसबीच सम्झौता भएको छ । राष्ट्रिय वाणिज्य बैंकले नेफोनपे पेमेन्ट सर्विससँग मोबाईल बैंकिङमार्फत कर तथा राजस्व भुक्तानी गर्न सकिने विषयमा सम्झौता गरेको हो । उक्त सम्झौता अनुसार करदाताहरूले राष्ट्रिय वाणिज्य बैंकमार्फत भुक्तानी हुने कुनैपनि किसिमको कर तथा राजस्व आफ्नो मोबाईल बैंकिङदेखि सहजै भुक्तानी गर्न सक्ने भएका छन् । 
राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र फोनपेका तर्फबाट प्रमुख टेक्नोलोजी अफिसर दिवस सापकोटाले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । यस सम्झौतापश्चात करदाताले आन्तरिक राजस्व विभाग अन्तर्गतका कुनैपनि राजस्व कार्यालयको भ्याट, सम्पती कर, व्यवसाय कर तथा अन्य सेवा शुल्क मोबाईल बैंकिङबाट सहजै भुक्तानी गर्न सक्ने भएका छन् । 
यस्तै वाणिज्य बैंकमार्फत बुझाइने अन्य कुनैपनि किसिमका कर तथा राजस्व पनि यसबाट भुक्तानी गर्न सकिने भएको छ । मोबाईल बैकिङबाटै कर तिर्न सकिने व्यवस्था भएसँगै करदाताहरूलाई लाइनमा बसेर कर बस्नुपर्ने बाध्यताबाट मुक्त भएका छन् । मोबाईल बैंकिङ प्रयोगकर्ताले मोबाईल बैंकिङ लगअन नै नगरी बाहिर रहेको मर्चेन्ट पेमन्टको अप्सनमा गइ रेभिन्यूमा क्लिक गर्ने र त्यहाँ रहेको सरकारी राजस्व करमा क्लिक गरि करदाता संकेत नम्बर तथा अन्य विवरण भरेर सहजै भुक्तानी गर्न सक्ने भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै