PRABHU BANK

राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियरिङ्ग हाउससहित अन्य ४ कम्पनीबीच सम्झौता, मोबाइल बैकिङबाट राजस्व भुक्तानी गर्न सकिने

Rastriya Banijya Bank
  • बैंकिङ संसार
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियरिङ्ग हाउससहित अन्य ४ कम्पनीबीच सम्झौता भएको छ । बैंकले मोबाइल बैंकिङमार्फत कर तथा राजस्व भुक्तानी गर्न सकिने सम्बन्धमा नेपाल क्लियरिङ्ग हाउस, खल्ती, आइएमई पे, प्रभु पे र नेपाल पेबीच सम्झौता गरेको हो । राष्ट्रिय वाणिज्य बैंकमार्फत भुक्तानी हुने कुनै पनि किसिमको कर तथा राजस्व करदाताहरूले आफ्नो मोबाइल बैंकिङबाटै भुक्तानी गर्न सक्ने भएका छन् । 
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठको समुपस्थितिमा भएको सम्झौता पत्रमा राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट उपकार्यकारी अधिकृत देवेश प्रसाद लोहनी, नेपाल क्लियरिङ्ग हाउसको तर्फबाट प्रमुख संचालन अधिकृत मुन्नी राजभण्डारी, खल्तीका तर्फबाट प्रोडक्ट डेभलपमेण्ट प्रबन्धक अनमोल राट्रिय, आइएमई पेका तर्फबाट व्यवसाय विकास प्रमुख अमोद भट्टराई, प्रभु पेका तर्फबाट प्रबन्ध संचालक कुसुम लामा र नेपाल पेका तर्फबाट प्रमुख संचालन अधिकृत मालिका भट्टराइले हस्ताक्षर गरेका हुन् । यस सम्झौतापश्चात करदाताले आन्तरिक राजस्व विभाग अन्तर्गतका कुनैपनि राजस्व कार्यालयको भ्याट, सम्पती कर, व्यवसाय कर तथा अन्य सेवा शुल्क मोबाइल बैंकिङबाट सहजै रकम भुक्तानी गर्न सक्ने भएका छन् । कार्यक्रममा बैंकका विभागीय प्रमुख रिको स्थापितलगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै