नेतृत्वको नयाँ यात्रा : अजय मिश्र समृद्धि फाइनान्सको अध्यक्ष

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडका नवनियुक्त अध्यक्ष अजय कुमार मिश्रले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्।

उनी कम्पनीको सञ्चालक समितिको अध्यक्षको रूपमा नियुक्त भएसँगै नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल समक्ष औपचारिक रूपमा सपथ लिएका हुन्।

राष्ट्रिय स्तरको ‘ग’ वर्गको इजाजतपत्र प्राप्त समृद्धि फाइनान्सले हाल देशभर १३ वटा शाखामार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ। साथै, कम्पनीले मोबाइल बैंकिङ, डेबिट कार्ड, आरटीजिएस, आईपीएस, कनेक्ट आईपीएस तथा क्यूआर कोड जस्ता डिजिटल सेवा पनि उपलब्ध गराउँदै आएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्