PRABHU BANK

आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडद्धारा चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक

RSDC Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले ५ करोड २२ लाख ९७ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.४८ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा संस्थाले ४ करोड ६० लाख ८४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ७ करोड ९४ लाख ५५ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिको तुलनामा १ दशमलव ४८ प्रतिशतले धेरै हो ।
त्यस्तै दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन नाफा भने ३.२४ प्रतिशतले घटेर ६ करोड ९८ लाख ४८ हजार रुपैयाँमा सीमित भएको छ । कम्पनीको चुक्ता पूँजी ७३ करोड १९ लाख ६० हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ११ करोड ४६ लाख ४९ हजार रुपैयाँ संचिती रहेको छ । प्रति सेयर आम्दानी १४ रुपैयाँ २९ पैसा र प्रति सेयर नेटवर्थ ११५ रुपैयाँ ६६ पैसा रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै