PRABHU BANK

सिटिजन्स बैंक र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडबीच सम्झौता, कर्पोरेट पे प्रणाली सुरु गर्ने

Citizens Bank
  • बैंकिङ संसार
काठमाडौं । सिटिजन्स बैंक र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडबीच सम्झौता भएको छ । बैंकले कर्पोरेट-पे प्रणालीको कार्यान्वयन गर्नका लागि उक्त सम्झौता गरेको हो । यस प्रणाली अन्तगर्त बैंकका संस्थागत ग्राहकहरुले बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सक्ने भएका छन् ।
ग्राहकहरुले उक्त डिजिटल प्ल्याट्फर्ममार्फत बैंकमा नगई आफैले फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानी लगायतका अन्य विभिन्न व्यावसायिक भुक्तानीहरु खाताबाटै सजिलै गर्न सक्ने भएका छन् । उक्त प्रणालीमार्फत कनेक्ट आइपीएस तथा आइपीएसमा भुक्तानी कारोबारहरु पनि गर्न सकिने बैंकले जानकारी दिएको छ । कर्पोरेट-पे मा आवद्ध हुनका लागि ग्राहकले बैंकमा सम्पर्क गरी साधारण आवेदनको स्विकृती लगायतका आवश्यक प्रक्रिया पूरा गरी सो सेवा प्राप्त गर्न सक्ने भएका छन् ।
यस पश्चात भने ग्राहक प्रयोगकर्ताहरु आफैले तोकिएको सीमा कारोबार भित्र कुनैपनि भुक्तानीहरु बैंकमा उपस्थित नभई नै गर्न सक्नेछन् । साथै सो सीमा भन्दा बढीको कारोबार गर्न भने बैंकले थप चेक जाँच पश्चात प्रक्रिया अगाडी बढाउने व्यवस्था गरेको छ । यस प्रणालीमा पहुँच पाउन मल्टी लेयर अथेन्टिकेसनको सुरक्षित व्यवस्था गरिएको र कुनै पनि कारोबार प्रविष्ट गर्न र स्वीकृत गर्न ग्राहक आफैले निर्धारण गरेको आधिकारीक प्रयोगकर्ताहरुले मात्र गर्न पाउने बैंकले जनाएको छ । साथै ग्राहकले आवश्यकता अनुरुप यस प्रणालीमा एक भन्दा बढी बैंक खाताहरु पनि लिन्क गरी कारोबार गर्न सक्ने भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै