National

नेपाल बैंक र आगन्तुक रिसोर्टबीच सम्झौता, १५ प्रतिशतसम्म छुट पाइने

Nepal Bank

सारांश
  • बैंकिङ संसार
काठमाडौं । नेपाल बैंकका कर्मचारी तथा ग्राहकले आगन्तुक रिसोर्टमा फुड एण्ड बिभरेजको बिल भुक्तानी गर्दा  १५ प्रतिशत  छुट पाउने भएका छन् । बनेपा भ्यूटावर मार्ग गोसाईस्थानमा रहेको आगन्तुक रिसोर्टमा बैंकका ग्राहकले कार्ड अथवा मोबाइल बैंकिङ मार्फत बिल  भुक्तानी गर्दा १५ प्रतिशतसम्मको छुट पाउने भएका हुन् ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र रिसोर्टको तर्फबाट प्रबन्ध निर्देशक हरि नेपालले हस्ताक्षर गरेका हुन् । नेपाल बैंकले हाल देशभर रहेका २०४ शाखा, ३९ वटा एक्स्टेन्सन काउण्टर, १४२ वटा एटिएम तथा मोबाईल र ईन्टरनेट बैंकिङ लगायतका विभिन्न डिजिटल माध्ययमबाट समेत आफ्नो बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्