prabhu

लक्ष्मी बैंकको १२६औं शाखा सर्लाहीको मलंगवामा, व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य

Laxmi bank
  • बैंकिङ संसार
काठमाडौं । लक्ष्मी बैंकले थप नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले आफ्नो १२६औं शाखा सर्लाही जिल्लाको मलंगवामा संचालनमा ल्याएको हो । बैंकले उक्त शाखामार्फत ग्राहकको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आक्रामक रुपमा सेवा विस्तार गर्दै आएको छ ।
यो शाखाको विस्तार सँगै बैंकले ग्राहकलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ र मोवाईल फोनमार्फत बैंकिङ सेवा प्रदान गरी शहरी तथा अर्ध सशहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ । बैंकले नयाँ शाखाको साथ १ सय २६ शाखा, १ सय ५६ एटिएम, ६ एक्स्टेन्सन काउन्टर, ५ हस्पिटल सेवा काउन्टर, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६१ शाखा रहित बैंकिङ एजेन्टहरुमार्फत आफ्ना सेवाग्राहीहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै