PRABHU BANK

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्ने

Deprosc Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ । संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
माघ २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको १५ प्रतिशत बोनस र ५ प्रतिशत नगद(कर प्रयोजनको लागि समेत) गरी २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकको स्वीकृत गरेपछि र कम्नीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले उक्त लाभांश पाउनेछन् । हाल संस्थाको चुक्ता पुँजी १अर्ब रुपैयाँ रहेको छ भने १५ प्रतिशत बोनस सेयर पछि संस्थाको चुक्ता पुँजी १ अर्ब १५ करोड रुपैयाँ नाघ्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै