गरिमा विकास बैंकको ६५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, विद्यमान संस्थापकलाई पहिलो प्राथमिकता

काठमाडौं । गरिमा विकास बैंकले ६५ हजार कित्ता संस्थापक सेयर बिक्री प्रक्रिया सुरु गरेको छ। बैशाख १२ गते सम्पन्न सञ्चालक समितिको बैठकले प्राप्त निवेदनअनुसार सो सेयर बिक्री प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो।

बैंकले जानकारी दिएको अनुसार विद्यमान संस्थापक सेयरधनीलाई पहिलो प्राथमिकता दिइनेछ। इच्छुक संस्थापकहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र-अर्थात् जेठ २१ गतेभित्र-बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ।

बैंकले तोकेको समयसीमाभित्र कुनै निवेदन नपरेमा उक्त सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बताइएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्