PRABHU BANK

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/०७८ को लागि ल्याएको मौद्रिक नीतिको समीक्षा गर्ने

Nepal Rastra Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७७/०७८ को लागि ल्याएको मौद्रिक नीतिको समीक्षा गर्ने भएको छ । राष्ट्र बैंकले फागुन २ गते आइतबार साँझ ७ बजे मौद्रिक नीतिको समिक्षा गर्ने भएको हो । मौद्रिक नीतिको समीक्षा भर्चुअल माध्यमबाट गर्ने राष्ट्र बैंकले जनाएको छ । आइतबार हुने मौद्रिक नीति समिक्षामा राष्ट्र बैंकले केही नयाँ व्यवस्था गर्ने भएको छ । लामो समयदेखि राष्ट्र बैंकले सेयर बजारमा हुने कर्जामा कडाई गर्ने तयारी भइरहेको बताइएको थियो ।
आज मौद्रिक नीतिको समिक्षामार्फत राष्ट्र बैंकले सेयर बजारमा जाने कर्जामा केही नीतिगत व्यवस्था गर्ने भएको छ । यस्तै पछिल्लो समय अधिकांश बैंकहरुले बचतको व्याजदर घटाइरहेको बेला राष्ट्र बैंकले त्यसमा पनि केही नीतिगत व्यवस्था गर्ने भएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि बचतको न्यूनतम व्याजदर तोक्ने भएको छ । अहिले नेपाल राष्ट्र बैंकको बोर्ड बैठक बस्ने तयारीमा छ । सो बोर्ड बैठकले मौद्रिक नीतिको समीक्षालाई अन्तिम रुप दिनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै