PRABHU BANK

नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीले अर्धवार्षिक समीक्षामा अधिकांश नीतिहरूलाई दिए निरन्तरता

Nepal Rastra Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाली अर्थतन्त्र सही बाटोमा भएको बताएका छन् । चालु आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै उनले नेपाली अर्थतन्त्र सही बाटोमा भएको कारण अर्धवार्षिक समीक्षमार्फत कुनै पनि विषयमा परिवतृन तथा परिमार्जन गर्नु नपरेको बताएक हुन् ।
उनले सबै परिसूचकहरु सकारात्मक भएकाले सबै सरोकारवालमा उत्साह रहेको पनि बताए । गभर्नर अधिकारीले अर्थतन्त्र विस्तारको बाटोमा, मूल्यवृद्धि नियन्त्रणमा, बाह्य क्षेत्र सन्तुलनमा रहेकोले अर्धवार्षिक समीक्षामा कुनै पनि विषयमा खासै परिवर्तन तथा परिमार्जन गर्नु नपरेको बताए । यस्तै उनले कोडिभ-१९ का कारण प्रभावित क्षेत्रका लागि ८७ अर्ब ८७ पुनर्कर्जा स्वीकृत भएको बताए । उनले कर्जा उत्साहजनक रुपमा बढेको, करिब ६१ हजार ऋणलाई पुनरकर्जा प्रदान गरिएको पनि बताए ।
राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा अधिकांश नीतिहरूलाई निरन्तरता नै दिएको छ । अधिकारीले पुस मसान्तसम्म सक्रिय वर्गमा रहेकालाई ५ प्रतिशतमात्रै ब्याज असुल गरी २०७८ साल असार मसान्तसम्मका लागि एक पटकका लागि ऋण पुनर्तालिकीकरण गर्ने सुविधा दिइने बताए । यस्तै उनले विद्युतीय भुक्तानी कारोबारलाई प्रोत्साहन गरिने पनि बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै