PRABHU BANK

नेपाल बैंकका ग्राहकहरूलाई भक्तपुर इन्टरनेस्नल हस्पिटलमा छुट

काठमाडौँ । नेपाल बैंकका ग्राहकहरूलाई भक्तपुर इन्टरनेस्नल हस्पिटलमा छुट हुने भएको छ। बैंकका ग्राहक तथा कर्मचारीहरूलाई भक्तपुरको कौशलटारमा रहेको भक्तपुर इन्टरनेस्नल हस्पिटलमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट हुने भएको हो।

बैंक र हस्पिटलबीच उपचार गर्दा लाग्ने शुल्कमा छुट दिने सम्बन्धमा सम्झौता भएको छ ।

उक्त सम्झौता अनुसार नेपाल बैंकमा कार्यरत कर्मचारीहरूलाई र बैंकमा खाता रहेका ग्राहकहरूलाई अस्पतालको विविध सेवाहरूमा लाग्ने शुल्कहरूमा बिल रकमको ५ प्रतिशतदेखि २० प्रतिशतसम्म छुट हुनेछ ।

सम्झौता पत्रमा बैंकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख विश्वराज भण्डारी र भक्तपुर इन्टरनेस्नल हस्पिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामजी कुमार श्रेष्ठले हस्ताक्षर गरेका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै