PRABHU BANK

नेपाल राष्ट्र बैंकले ८ वर्ष अवधिको ‘विकास ऋणपत्र २०८५ (घ)’ नामको ऋणपत्र बिक्री गर्दै

Nepal Rastra Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रूपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले ८ वर्ष अवधिको ‘विकास ऋणपत्र २०८५ (घ)’ नामको ऋणपत्र बिक्री गर्न लागेको हो । उक्त ऋणपत्रको व्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने भएको छ । यसैगरी उक्त ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर-बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्ने भएका छन् । खरिदकर्ताले राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिनुपर्ने भएको छ ।
यो ऋणपत्र धितो राखी कर्जा लिन/दिन पाइने भएको छ । उक्त ऋणपत्रको बोलकबोल फागुन ११ गते मंगलबार अपरान्ह ३ बजेसम्म हुने भएको छ । फागुन १२ गते निष्कासन भएर उक्त ऋणपत्रको साँवा २०८५ साल फागुन १२ गते भुक्तानी हुने भएको छ । त्यस्तै इच्छुक खरीदकर्ता प्रतिस्पर्धी र अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्ने भएका छन् । प्रतिस्पर्धी खरीदकर्तालाई निष्काशित रकमको ८५ प्रतिशत अर्थात् ८ अर्ब ५ करोड रुपैयाँ र अप्रतिस्पर्धीका लागि १५ प्रतिशत अर्थात् १ अर्ब ५ करोड रूपैयाँ छुट्याइएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै