prabhu

बैंकहरुको आधार दर निरन्तर घट्दो क्रममा, एक महिनामा ०.१४ प्रतिशत विन्दुले घट्यो

काठमाडौँ। बैंकहरुको आधार दर निरन्तर घट्दै गएको छ । पछिल्लो एक महिनामा २० वाणिज्य बैंकहरुको औसत आधार दर ०.१४ प्रतिशत विन्दुले घटेको हो।

चैत महिनाका लागि बैंकहरुको औसत आधार दर ६.४८ प्रतिशत निर्धारण भएको छ। जसमध्ये सबैभन्दा कम आधार दर स्ट्यान्डर्ड चार्टर्ड बैंकको ५.०३ प्रतिशत रहेको छ।

यसअघि फागुनमा बैंकहरुको औसत आधारदर ६.६२ प्रतिशत थियो। हाल ४ बैंकको आधार दर ६ प्रतिशतभन्दा कम रहेको छ।

बैंकहरुको आधारदर घट्दै जाँदा बैंकहरुको ब्याजदर पनि घट्दै गएको छ।  बैंकहरुको आधारदर निरन्तर घट्दै गइरहेकाले कर्जाको ब्याजडर पनि झनै सस्तो हुँदै गइरहेको छ।

 

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै