DISH HOME

‘तनाव व्यवस्थापन तालिम उपयोगी र सन्तुष्टिजनक रह्यो’

काठमाडौँ । नबिल बैंकमा कार्यरत विकास प्रसाद लामिछानेले तनाव व्यवस्थापन ‘स्ट्रेस म्यानेजमेन्ट ट्रेनिङ’ तालिम उपयोगी र सन्तुष्टिजनक भएको बताएका छन् । किङ ट्रेनिङ सेन्टरसँगको सहकार्यमा गत शुक्रबार चितवनको लायन्स चोकमा रहेको सिराइचुली होटलमा भएको उकत कार्यक्रममा सहभागी भएका लामिछानेले यस्तो बताएका हुन् ।

उनले भने, ‘यही क्षेत्रमा आबद्ध अन्य साथीहरूलाई सो तालिममा सहभागी हुन सिफारिस गर्छु । बैंकमा कार्यरत कर्मचारीका लागि दैनिक जीवनमा पनि यो तालिम उपयोगी हुन्छ । यस्ता खालका तालिमहरू केही महिनाको अन्तरालमा ल्याउन सके हामी जस्तो पेसामा कार्यरत कर्मचारीहरूको लागी अझ राम्रो हुने थियो।’

बैंक जस्तो मानसिक तनाव बढी हुने क्षेत्रमा तनाव व्यवस्थापन गर्नको लागि यस्ता तालिम उपयोगी हुने उनले बताएका छन् ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै