prabhu

५ सय युवाहरूलाई ‘स्टार्टअप’ ऋण सहायता दिइने प्रधानमन्त्रीको भनाइ

काठमाडौँ।  प्रधानमन्त्री केपी शर्मा ओलीले ५ सय युवाहरूलाई ‘स्टार्टअप’ ऋण सहायता दिइने बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्।

योसँगै उनले युवाहरूलाई उद्यमशील बनाउन ‘स्टार्टअप’ ऋण सहायता दिई यस वर्ष कम्तीमा ५०० उद्यमीलाई कर्जा प्रवाह गरिने उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीले स्टार्टअपमा आधारित उद्यमशीलता विकासमा लगानीकर्ताहरूलाई आकर्षित गर्न सहुलियत ब्याजदरमा कर्जा प्रवाह गर्ने कार्यक्रममा इच्छुक प्रस्तावकहरूबाट छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिएका छन्।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै