PRABHU BANK

मुक्तिनाथ विकास बैंक र सिद्धार्थ ग्रुप अफ विजनेश हस्पिटालीटीबीच सम्झौता, होटलको सेवामा विशेष छुट पाईने

Muktinath Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । मुक्तिनाथ विकास बैंक र सिद्धार्थ ग्रुप अफ विजनेश हस्पिटालीटीबीच सम्झौता भएको छ । बैंकले आफ्ना भिषा डेविट कार्डवाहक ग्राहकलाई थप सेवा दिन सिद्धार्थ ग्रुप अफ विजनेश हस्पिटालीटीसँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने गरी उक्त सम्झौता गरेको हो ।
यस सम्झौता पश्चात बैंकका भिषा डेविट कार्डवाहक ग्राहकले सिद्धार्थ ग्रुप अफ विजनेश हस्पिटालीटीबाट सञ्चालित होटल तथा रेष्टुरेन्टहरुमा खाना तथा परिकारहरुमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने भएका छन् । साथै रुम चार्जमा कर्पोरेट छुटको व्यवस्था पनि गरिएको छ । सिद्धार्थ ग्रुपका देशभर विभिन्न स्थानमा २१ वटा होटल, रिर्सोट तथा रेष्टुरेन्ट सञ्चालित छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै