prabhu

वाणिज्य बैंकहरुको निक्षेप संकलनमा सुधार, सबैभन्दा धेरै निक्षेप संकलन गर्नेमा ग्लोबल आईएमई बैंक (विवरणसहित)

काठमाडौँ। वाणिज्य बैंकहरुको निक्षेप संकलनमा उल्लेख्य सुधार देखिएको छ। नेपाल बैंकर्स संघ (एनबीए) को चालु आर्थिक वर्षको माघसम्मको तथ्यांकअनुसार हाल संचालनमा रहेका २० वाणिज्य बैंकमा ५९ खर्ब ९७ अर्ब ५ करोड रुपैयाँ निक्षेप संकलन भएको हो।

यस अवधीमा सबैभन्दा बढी निक्षेप संकलन ग्लोबल आईएमई बैंकको गरेको छ भने सबैभन्दा कम निक्षेप संकलन स्टान्डर्ड चार्टर्ड बैंकले गरेको छ । ग्लोबल आईएमई बैंकले माघसम्ममा ५ खर्ब २९ अर्ब रुपैयाँ संकलन गरेको छ भने स्टान्डर्ड चार्टर्ड बैंकले १ खर्ब २४ रूपैयाँमात्र निक्षेप संकलन गरेको छ।

त्यस्तै, दोस्रोमा सबैभन्दा धेरै निक्षेप नबिल बैंकले संकलन गरेको छ। यस बैंकले ४ खर्ब ९९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ। नेपाल इन्भेस्टमेन्ट बैंकले ४ खर्ब ४७ अर्ब रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ४ खर्ब ४४ अर्ब रूपैयाँ, कुमारी बैंक ३ खर्ब ६१ रूपैयाँ, लक्ष्मी सनराइज बैंकले ३ खर्ब ४७ अर्ब रूपैयाँ, प्रभु बैंकले ३ खर्ब ९ अर्ब रूपैयाँ, नेपाल बैंकले ३ खर्ब ४ अर्ब रूपैयाँ, एनआईसी एशिया बैंकले ३ खर्ब रुपैयाँ २ अर्ब रूपैयाँ, हिमालयन बैंकले ३ खर्ब रूपैयाँ, एभरेष्ट बैंकले र एनएमबी बैंकले २ खर्ब ३१ अर्ब रूपैयाँ निक्षेप संकलन गरेका छन्।

यता, कृषि विकास बैंकले २ खर्ब ५६ अर्ब रूपैयाँ, प्राइम कमर्सियल बैंकले २ खर्ब ३८ अर्ब रूपैयाँ, सिद्धार्थ बैंकले २ खर्ब ४३ अर्ब रूपैयाँ, सानिमा बैंकले २ खर्ब १३ अर्ब रूपैयाँ, सिटिजन्स बैंकले २ खर्ब रूपैयाँ, नेपाल एसबीआई बैंकले १ खर्ब ८२ अर्ब रूपैयाँ, माछापुच्छ्रे बैंकले १ खर्ब ६८ अर्ब रूपैयाँ निक्षेप संकलन गरेका छन्।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै