PRABHU BANK

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था र स्वदेशी लघुवित्त वित्तीय संस्थाले चैतदेखि एकीकृत कारोबार सुरु गर्ने

Nic Asia Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था र स्वदेशी लघुवित्त वित्तीय संस्थाले चैत ८ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएको छ । फागुन २५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सो दिनदेखि दुई संस्थाको एकीकृत कारोबार सुरु गर्ने निर्णय गरेको हो । यससँगै एक आपसमा मर्ज भएका यी दुई संस्थाको एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार हुने भएको छ ।
एक आपसमा मर्ज हुन गत साउन ३२ गते समझदारी गरेका यी दुई संस्थाले गत कात्तिक १९ गते नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति पाएका हुन् । त्यसपछि दुबै संस्थाको वार्षिक साधारणसभाले स्वीकृत गरी नेपाल राष्ट्र बैंकबाट गाभ्ने तथा गाभिनेका लागि गत फागुन २९ गते अन्तिम स्वीकृति पाएका थिए । त्यस्तै कम्पनी राजिष्ट्रारको कार्यालयले फागुन २५ गते स्वीकृति दिएसँगै दुई संस्थाको एकीकृत कारोबारको मिति तय गरिएको हो । स्वदेशी लघुवित्त वित्तीय संस्थाले विगत ७ वर्षदेखि वित्तीय कारोबार सञ्चालन गर्दै आएको छ भने एनआईसी एशिया लघुवित्तले विगत ३ वर्षदेखि वित्तीय कारोबार सञ्चालन गर्दै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै