बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ दक्षिणकाली नगरपालिका वडा नं ७ बस्ने ४५ वर्षीय सुदर्शन पौडेल रहेका छन् ।

सम्मानित काठमाडौँ जिल्ला अदालतबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका प्रतिवादीलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटेको प्रहरीको टोलीले पक्राउ गरेको हो।

पौडेल माघ ११ गते जिल्ला ललितपुर महानगरपालिका वडा नं १७ ग्वार्कोबाट पक्राउ परेका हुन्। उनलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्