PRABHU BANK

एनएमबि बैंकले गर्यो द होराइजन होटल र आगन्तुक रिसोर्टसँग सम्झौता, बैंकका ग्राहकका लागि विशेष छुटको सुविधा

NMB Bank
  • बैंकिङ संसार
काठमाडौं । एनएमबि बैंकले द होराइजन होटल र आगन्तुक रिसोर्टसँग सम्झौता गरेको छ । बैंकले बैंकका ग्राहक तथा कर्मचारीले द होराइजन होटल र आगन्तुक रिसोर्टमा विशेष छुट पाउने गरी उक्त सम्झौता गरेको हो । सो सम्बन्धी बैंकले द होराइजन होटल र आगन्तुक रिसोर्टबीच भएको छुट्टाछुट्टै समझदारी गरेको हो ।
सम्झौता पत्रमा एनएमबि बैंकका तर्फबाट रिटेल बैंकिङ प्रमुख रोशन रेग्मी र द होराइजन होटलका तर्फबाट कार्यकारी निर्देशक क्षितिज श्रेष्ठ र आगन्तुक रिसोर्टका तर्फबाट प्रबन्ध निर्देशक हरि नेपालले हस्ताक्षर गरेका हुन् ।उक्त समझदारी अनुसार खाना, पेय पदार्थ, आवास, स्विमिङ, स्पा सुविधाहरुमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ भने स्विमिङ, हेल्थ क्लब र बर्थ डे केकहरुमा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ । अत्याधुनिक बैंकिङ सुविधाका साथै अन्य अतिरिक्त सेवामा पनि सहजता मिलोस् भन्ने उद्देश्यले एनएमबि बैंकले ग्राहकलाई यो छुटको व्यवस्था गरेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै