prabhu

एनआईसी एशिया बैंक र हिमालयन बैंक राष्ट्र बैंकको कारवाहीमा, निर्देशनविपरीत काम गरेको आरोप

काठमाडौँ । नेपाल राष्ट्र बैंकले दुई वाणिज्य बैंकलाई कारवाही गरेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१-८२ को पहिलो त्रैमासमा एनआईसी एशिया बैंक र हिमालयन बैंकलाई कारवाही गरेको हो ।

बैंकहरुले नियामकीय व्यवस्था उल्लंघन गरेको भन्दै राष्ट्र बैंकले कारबाही गरेको हो । राष्ट्र बैंकले एकीकृत निर्देशन २०८० निर्देशन नं २ को बुँदा नं १ (ख) बमोजिम कर्जा सापटको वर्गीकरण भाखा नाघेको अवधिका आधारमा नगरी कर्जा नोक्सानी सम्बन्धी व्यवस्थाहरुको पालना नगरेकोले हिमालयन बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक राणालाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ (क) बमोजिम सचेत गराएको छ।

यता, राष्ट्र बैंकले एनआईसी एशिया बैंकका संचालक समिति सदस्य र बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेलाई नसिहत दिएको छ । बैंकका संचालक, निजहरुका परिवारका सदस्य एवम् सम्वद्ध संस्थाहरुलाई प्रकाशित व्याजदरभन्दा बढी ब्याज प्रदान गरेको, बैंकका संचालक, निजहरुका परिवारका सदस्य एवम् सम्बद्ध संस्थाहरुको मुद्दती निक्षेप खाता खोल्दा कतिपय खातामा पुरानो मिति कायम गरी खोलेकोमा यस बैंकको निर्देशन बमोजिम बढी प्रदान भएको ब्याज रकम फिर्ता गराएको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै