![# Swabalamban Laghubitta](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjhhBEssvVlq7qUwYhjtb1dpNFmt7438frBuUOBLiZFQFukltzl5n5lGag3Rf9TePliI_4qqs4Coqtsem5ouKg5XD3Z0fcn0jg-sXEaD9LJ9qhhHzsdMQka1Zl8EZzRCsKtc8LIQqznM3vG/s16000/swabalamban-And-sabaiko-lag.jpg)
- बैंकिङ संसार
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त वित्तीय संस्थाको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्जले स्वावलम्बन लघुवित्तको १९ प्रतिशत बोनस सेयरपछिको मूल्य १ हजार ६६५ रुपैयाँ निर्धारण गरेको छ भने सबैको लघुवित्तको १० प्रतिशत बोनस सेयरपछिको मूल्य १ हजार २२९ रुपैयाँ तोकेको छ । सोही मूल्यलाइ आधार मानेर आइतबार दुवै कम्पनीको सेयर कारोबार खुल्ला हुने भएको छ ।