कामना सेवा विकास बैंकका ग्राहकहरुलाई ईशान बाल तथा महिला अस्पतालमा छुट

काठमाडौँ । कामना सेवा विकास बैंकका ग्राहकहरुलाई ईशान बाल तथा महिला अस्पतालमा छुट हुने भएको छ । बैंकका ग्राहकहरुलाई बसुन्धारा, काठमाडौँस्थित ईशान बाल तथा महिला अस्पतालमा १० प्रतिशतसम्म छुट हुने भएको हो ।

बैंकले अस्पतालसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले ल्याबले प्रदान गर्ने विभिन्न सेवाहरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

स्वास्थ्य सेवाका पहुँच सर्वसाधारण व्यक्तिहरु सम्म पुर्याउने उद्धेश्यले स्थापित उक्त ईशान बाल तथा महिला अस्पतालमा कामना सेवा विकास बैंकका कर्मचारी तथा ग्राहकहरुले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्