PRABHU BANK

शाइन रेसुंङ्गा डेभलपमेन्ट बैंकको नयाँ शाखा कार्यालय कास्कीको पोखरामा सञ्चालनमा

Shine Resunga Developmen Bank
  • बैंकिङ संसार
काठमाडौं । शाइन रेसुंङ्गा डेभलपमेन्ट बैंकले नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले कास्कीको पोखरामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । राष्ट्रियस्तरको विकास बैंकमा स्तरोन्नति भएको शाइन रेसुंङ्गा बैंकले गण्डकी प्रदेशको राजधानी पोखरामा पहिलो शाखा विस्तार गरेको हो । यो सँगै बैंकको शाखा संख्या ७७ पुगेको छ । नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका निर्देशक इश्वरीप्रसाद भट्टराईले उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।
बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले सातै प्रदेशमा शाखा सञ्जाल विस्तारको क्रममा गण्डकी प्रदेशको राजधानी पोखरामा आइपुगेको बताए । बैंकले सबैसँग हातेमालो गरेर गण्डकी प्रदेशको आर्थिक विकास र समृद्धिमा योगदान पुर्याउने उनले बताए । गण्डकी प्रदेशको बागलुङको बुर्तिबाङमा पनि बैंकको शाखा सञ्चालनमा छ । देशभरका ८ वटा राष्ट्रिय स्तरका विकास बैंकमध्ये शाइन रेसुंङ्गा लुम्बिनी प्रदेशमा केन्द्रीय कार्यालय रहेको १ मात्र विकास बैंक हो । ३३ अर्ब निक्षेप संकलन तथा ३० अर्ब कर्जा लगानी गरेको बैंकका ४ लाख बढी ग्राहक छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै