PRABHU BANK

नेपाल बैंकले चाँगुनारायण नगरपालिकाका युवाहरुलाई बिना व्याज ऋण दिने

Nepal Bank
  • बैंकिङ संसार
भक्तपुर । नेपाल बैंक लिमिटेडले युवाहरुलाई ३ लाखको दरले बिना व्याज ऋण दिने भएको छ । बैंकले विजनेस प्रपोजलको आधारमा चाँगुनारायण नगरपालिकाका जमानीमा ३ सय युवाहरुलाई ३ लाखको दरले बिना व्याज ऋण दिने भएको हो । राष्ट्रिय युवा परिषद्, चाँगुनारायण नगरपालिका र नेपाल बैंकको आयोजनामा बुधबारबाट सुरु भएको ‘सहुलियतपूर्ण कर्जा सहजीकरणका लागि उद्यमशिलता तथा वित्तीय साक्षरता-जिवाईबी/एसवाइबी’ सात दिवसिय तालिम कार्यक्रममा यस्तो सम्झौता भएको हो ।
चैत ९ गतेसम्म चल्ने उक्त तालिम कार्यक्रम १० समुहमा ३७० जनालाई दिइने युवा परिषद्ले जानकारी दिएको छ ।उक्त कार्यक्रमको तालिम पश्चात् नेपाल बैंकले ३ सय जनालाई विजनेस प्रपोजलको आधारमा पालिकाको जमानीमा ३ लाखको दरले बिना व्याज ऋण दिने सहमति भएको हो । कार्यक्रममा नेपाल बैंकको तर्फबाट सम्बोधन गर्दै सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश अधिकारीले आवश्यक डकुमेन्ट सहित प्रक्रियामा आए र बैंकले प्रस्तावना हेरेर लगानी गर्ने बताए । मेयर उधमशिलता कार्यक्रम चलाउने चाँगुनारायण नगरपालिका देशकै पहिलो नगरपालिका हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै