PRABHU BANK

नबिल बैंकले व्यक्तिगत मुद्दति खाताको ब्याजदर बढायो, यस्तो छ नयाँ व्याजदर

Nabil Bank
  • बैंकिङ संसार
काठमाडौं । नबिल बैंकले व्यक्तिगत मुद्दति खाताको ब्याजदर बढाएको छ । बैंकले ७.५१ प्रतिशतले व्यक्तिगत मुद्दति खाताको ब्याजदर बढाएको हो । नयाँ व्याजदर ६ महिना भन्दा माथिको ब्यक्तिगत मुद्दती खाताहरुमा लागु हुने बैंकले जनाएको छ । ब्यक्तिगत मुद्दति खातामा सर्वाधिक र प्रतिस्पर्धात्मक ब्याजदर प्रदान गर्ने क्रमलाई निरन्तरता बैंकले व्याजदर घोषणा गरेको जनाएको छ ।
नयाँ व्याजदरले धेरै नेपालीहरूको मुहारमा मुस्कान ल्याउने बैंकले जनाएको छ । मुलुकको विश्वासिलो बैंक, नबिल बैंकले व्यक्तिगत मुद्दती खातामा अत्यन्त आकर्षक योजना सुरू गरेको बैंकले जनाएको छ । नेपालीहरूको मिहिनेतले कमाएको रकम राखिने व्यक्तिगत मुद्दती खाताहरूमा उच्च ब्याज दर प्रदान गर्ने हुनाले यस योजनाले आर्थिक कठिनाइ कम गर्न मद्दत पुर्याउने विश्वास बैंकले लिएको छ । सन् १९८४ मा स्थापित नबिल बैंकले १ सय १९ शाखा, १ सय ८५ एटिएम र १ हजार ५ सय भन्दा बढी नबिल रेमिट एजेन्टहरुमार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै