काठमाडौँ । भारतीय रिजर्भ बैंक (आरबीआई) निष्क्रिय खाताबाट चिन्तित भएको छ। आरबीआई निष्क्रिय खाताबाट चिन्तित भएर भारतीय बैंकहरुबाट बढिरहेको निष्क्रिय खातामा अर्बौं रकमलाई छिट्टै ग्राहक कल्याणकारी कोषमा जम्मा गर्ने तयारी पनि आरबीआईले गरिरहेको हो ।
आरबीआईले केवाईसी अपडेट गर्न मोबाइल वा इन्टरनेट बैंकिङ, ननहोम ब्रान्च, भिडियो कस्टरमर आइडेन्टिफिकेसनजस्ता सजिला प्रक्रिया अगाडि बढाएर निष्क्रिय खाता कम गर्नको लागि बैंकहरुलाई निर्देशन दिएको छ।
विगत दुई वर्षभन्दा बढी समयदेखि कुनै लेनदेन नभएका बैंक खातालाई निष्क्रिय खाताको श्रेणीमा राख्न आईबीआईले निर्देशन दिएको छ। निष्क्रिय खातामार्फत धोकाधडीका घटना बढ्न सक्ने देखिएकोले आरबीआईले बैंकहरुलाई निगरानी बढाउन पनि सल्लाह दिएको छ।
सन् २०२३ को अन्त्यसम्म त्यस्ता खातामा १ लाख करोड रुपैयाँभन्दा बढी धनराशि जम्मा रहेको छ। जसमा ४२ हजार करोड रुपैयाँमा दाबी नपरेको आरबीआईले तथ्यांक सार्वजनिक गरेको छ। भारतको वित्त मन्त्रालयका अनुसार बैंकहरुमा वार्षिक रुपमा २८ प्रतिशतले बढिरहेको छ।