काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०८१-८२ को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा मंसिर १४ गते अर्थात् शुक्रबार सार्वजनिक गरेको हो ।
राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा नीतिगत व्यवस्थाहरु यथावत् राखेको छ ।
त्यस्तै, राष्ट्र बैंकले मौद्रिक नीतिको विद्यमान नीतिगत दरलाई ५ प्रतिशत, ब्याजदर करिडोर अन्तर्गतको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई ३.०० प्रतिशत र ब्याजदर करिडोर अन्तर्गतको माथिल्लो सीमाको रुपमा रहेको बैंक दरलाई ६.५ प्रतिशतमा यथावत राखेको जनाएको छ । यो हेर्नुहोस्ः
FIRST-QUARTER-REVIEW-81-82-final-draft-after-board