PRABHU BANK

नेपाल बैंकको अगुवाईमा अन्य ३ बैंकले गरे ठूलो खोला जलविद्युत आयोजनामा २ अर्ब लगानी

Nepal Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल बैंकको अगुवाईमा अन्य ३ बैंकले ठूलो खोला जलविद्युत आयोजनामा लगानी गर्ने भएका छन् । म्याग्दी जिल्लाको रघुगंङ्गा गाउँपालिकास्थित निमार्ण हुन लागेको २१.३ मेगावाटको ठूलो खोला जलविद्युत आयोजनामा नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ बैंक र सनराईज बैंकले लगानी गर्ने भएका हुन् । प्रतिष्ठित व्यवसायी, व्यक्तित्वहरु तथा एनआरएन समेतको मुख्य लगानी रहेको उक्त जलविद्युत आयोजना संयुक्त उर्जा प्रालिले विकास गर्न लागेको हो ।
३ अर्ब ६० करोड रुपैयाँ लागत हुने उक्त आयोजनामा नेपाल बैंकको अगुवाई रहेको विभिन्न ४ वटा बैंक तथा वित्तीय संस्थाको सहभागितामा बनेको कन्सोर्टियमद्वारा २ अर्ब ५२ करोड रुपैयाँभन्दा बढी लगानी गर्ने भएको छ । सम्बन्धी सिन्डिकेटेड क्रेडिट फ्यासिलिटीज एग्रीमेन्ट (एससीएफए) सम्झौता ऋणीका तर्फबाट संयुक्त उर्जाका अध्यक्ष डा. बद्री केसी तथा बैंकहरुका तर्फबाट नेपाल बैंकका निमिक्त नायब प्रमुख कार्यकारी अधिकृत समता पन्तले समारोहकाबीच एक आपसमा हस्तान्तरण गरेका थिए ।
उक्त आयोजनामा नेपाल बैंकले ७५ करोड १२ लाख ५२ हजार रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ६६ करोड रुपैयाँ, सिद्धार्थ बैंकले ६४ करोड रुपैयाँ तथा सनराईज बैंकले ४७ करोड रुपैयाँ गरी जम्मा २ अर्ब ५२ करोड १२ लाख ५२ हजार रुपैयाँ लगानी गर्ने भएका छन् । नेपाल बैंकका निमिक्त नायब प्रमुख कार्यकारी अधिकृत समता पन्तले नेपाली बैंकहरु त्यसमा पनि सरकारी स्वामित्वको बैंकले आयोजनाको आर्थिक, प्राविधिक, जोखिम लगायतका विभिन्न पक्षहरुको समग्र विष्लेषण गरी उचित निष्कर्षमा पुगेको र यस आयोजनामा लगानी गर्ने निर्णय निक्षेपकर्ताको रकमको सहि उपयोग हुने धारणा राखेकी छिन् ।
सम्झौता कार्यक्रममा डेभलपर संयुक्त उर्जाका अध्यक्ष डा. बद्री केसीले सरकारी बैंकको अग्रसरता र छिटो कार्य भएको अनुभव गर्दा सरकारी बैंकहरुमा ढिलासुस्ती हुन्छ भन्ने धारणा गलत रहेको बिचार व्यक्त गरे । साथै उनले निमार्ण कार्यलाई चुस्त दुरुस्त पारी यस ठूलो खोला जलविद्युत आयोजनालाई नमुनाको रुपमा समय र कम लागतमा निमार्ण गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै