PRABHU BANK

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले १ लाख ८ हजार कित्ता संस्थापक सेयर बोलकबोलमार्फत बिक्री गर्दै

Nirdhan Utthan Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले संस्थापक समुहको १ लाख ८ हजार ५४२ कित्ता सेयर बोलकबोलमार्फत बिक्री गर्ने भएको छ । संस्थाले न्युनतम प्रतिकित्ता ५५० रुपैयाँ निर्धाण गरेको छ । इच्छुक लगानीकर्ताले न्युनतम ५५० रुपैयाँदेखि बोलकबोल गर्न सक्ने भएका छन् । योग्य तथा इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले चैत १८ गतेदेखि बैशाख २१ गतेसम्म बोलकबोलका लागि आवदेन दिन सक्ने भएका छन् । संस्थाको बिक्री प्रवन्धकमा एनआईविएल एस क्यापिटल रहेको छ ।
संस्थाले विद्यमान संस्थापक सेयरधनीहरुलाई बढि प्राथमिकता दिने जनाएको छ । नियमअनुसार लिलामको सूचना प्रकाशित गरि ३५ दिनको समय दिएको हुनाले संस्थापक सेयरधनीहरुलाई छुट्टै ३५ दिनको सूचना प्रकाशित नगरिएको संस्थाले जनाएको छ । आवेदकले एनआईविएल एस क्यापिटल लाजिम्पाटमा गएर आफुले खरिद गर्न चाहेको कित्ता र मूल्य राखि गोप्य शिलबन्दी निवेदन पेश गर्नुपर्ने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै