prabhu

ज्योति विकास बैंकका ग्राहकहरुले जंगल भिल्ला रिसोर्टमा १५ प्रतिशतसम्म छुट पाउने

काठमाडौँ । ज्योति विकास बैंकका ग्राहकहरुलाई चितवनको कसरास्थित जंगल भिल्ला रिसोर्टमा छुट हुने भएको छ । बैंकका ग्राहकहरुले रिसोर्टमा पाइने फुड एन्ड वेबरेजसहित रुम चार्जमा १५ प्रतिशतसम्म छुट हुने भएको हो ।

बैंक र उक्त रिसोर्टबीच छुट सम्बन्धी सम्झौता भएको छ ।

बैंकले यसअघि कमलपोखरीस्थित प्रख्यात अचार घर, दरबारमार्गको महोत्सब रेष्टुरेन्ट एन्ड बार, हात्तीसारको नेपाल हाउस रेष्टुरेन्ट एन्ड बार तथा कमलादीको क्याफे लायन हर्ट तन्दुरी किचेनमा आफ्ना ग्राहकलाई १० प्रतिशतसम्मको छुट दिने गरी सम्झौता गरेको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै