prabhu

ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ सेवा रोल्पामा, पूर्ण केशीद्धारा उद्घाटन

Global IME Bank
  • बैंकिङ संसार
काठमाडौं । ग्लोबल आइएमई बैंकले नयाँ शाखारहित बैंकिङ सेवा संचालनमा लयाएको छ । बैंकले रोल्पाको दरबोट बजारमा सोमबारदेखि नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । यससँगै बैंकको शाखारहित बैंकिङ सेवाहरुको संख्या २५७ पुगेको छ । उक्त शाखारहित बैंकिङ सेवाको उद्घाटन रोल्पा नगरपालिकाका मेयर पूर्ण केशीले गरेका हुन् ।
शाखारहित बैंकिङ सेवाबाट ग्रामिण क्षेत्रका बासिन्दाले स्थानीय प्रतिनिधिमार्फत विभिन्न बैंकिङ सेवा लिन सक्ने भएका छन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिसहोम, सिडिएमइ, युटिएल, एनटीसीको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्ने भएका छन् ।
बैंकले २ सय ७३ वटा शाखा, २ सय ४२ वटा एटीएम, २ सय ५७ वटा शाखारहित बैंकिङ सेवा, ४७ वटा एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८०० भन्दा बढी सेवा केन्द्रबाट ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको छ । ‘सबैका लागि बैंक’ भन्ने नाराका साथ बैंकले २२ लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै