prabhu

प्रभु बैंक ‘भिजा लिडरसिप कन्क्लेभ नेपाल २०२४’ अन्तर्गत दुई विधाबाट सम्मानित

काठमाडौँ । प्रभु बैंक ‘भिजा लिडरसिप कन्क्लेभ नेपाल २०२४’ अन्तर्गत दुई विधाबाट सम्मानित भएको छ । बैंक ‘एक्सिलेनस इन कन्ज्युमर डेबिट कार्ड बिजनेस र एक्सिलेनस इन प्रोडक्ट इनोभेसन’ गरी दुई विधाबाट सम्मानित भएको हो ।

भिजा एफिलिएट सदस्यता श्रेणीको रूपमा भिजा नेटवर्कमा भिजा उपभोक्ता डेबिट कार्डको व्यवसायमा उत्कृष्‍टता बापत पहिलो अवार्ड प्राप्त भएको हो भने दोस्रो अवार्ड एक्सिलेन्स इन प्रोडक्ट इनोभेसन पूर्ण नविनतम् सुविधा सहितको प्रभु भिसा बिजनेश डेबिट कार्डको पहिलो व्यवसायिक सेवा बिस्तारसँग सम्बन्धित छ ।

प्रभु बैंकले सञ्चालनमा ल्याएको प्रभु भिजा बिजनेश डेबिट कार्ड सेवा अन्तराष्ट्रिय रूपमै एक विशिष्ट किसिमको विद्युतीय भुक्तानीको औजार हो, जहाँ व्यवसायिक कारोबारको भुक्तानी सरल र सुरक्षित तरिकाले विद्युतीय भुक्तानीको माध्यमबाट गरिन्छ । प्रभु भिजा बिजनेश डेबिट कार्ड प्रभु बैंकमा चल्ती खाता खोली कारोबार गर्नेगरिरहेका खाताधनीलाई लक्षित गरी डेबिट कार्ड सम्बन्धी सुविधा उपलब्ध गराउने अभिप्रायले प्रभु भिजा बिजनेश डेबिट कार्ड सेवाको थालनी गरिएको हो । भिजा बिजनेस डेबिट कार्ड विशेष गरी व्यापारिक प्रयोजन लागि मात्र लक्षित छ ।

त्यस्तै, कर्पोरेट र व्यापारिक घरानाहरू, फर्महरू, कम्पनीहरू, स्कुल तथा कलेज र विश्वविद्यालयहरू, होटल र रेस्टुरेन्टहरू, अस्पतालहरू आदिमा सीमित हुन सक्दछन् जसले आफ्ना व्यापारीहरू, बिक्रेताहरू, आपूर्तिकर्ताहरू र सेवा प्रदायक आदिलाई नियमित रूपमा साना र ठूला भुक्तानीहरू गर्दछन् ।

प्रभु बैंकद्धारा सञ्चालित भिजा बिजनेस डेबिट कार्डको मद्दतले व्यवसायिक कारोबारको भुक्तानीमा सहजता भई व्यवसाय प्रवर्द्धनमा थप सहजता तथा पारदर्शित समेत कायम रहने बैंकले विश्वास लिएको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै