PRABHU BANK

नेपाल बङ्गलादेश बैंकद्धारा एनबी अनलाइन कार्ड सार्वजनिक

Nepal Bangladesh Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले एनबी अनलाइन कार्ड सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएको अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्ड सम्बन्धी परिपत्र अनुसार बैंकले उक्त कार्ड सार्वजनिक गरेको हो । यस सुविधा अन्तर्गत ग्राहकहरुले आफ्नो प्यान कार्डबाट खाता खोली अमेरिकन डलर ५ सय बराबरको डलर कार्ड प्राप्त गर्न सक्ने भएका छन् ।
उक्त कार्डबाट ग्राहकले भारत बाहेकका मुलुकहरुबाट नेपालको प्रचलित कानूनले प्रतिबन्ध नलगाएका विदेशी वस्तु तथा सेवा खरिद गर्दा भुक्तानी गर्न सक्ने भएका छन् । उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थी वर्गका लागि विदेशबाट मगाइने आई-२० को लागि पनि उक्त कार्डबाट भुक्तानी गर्न सक्ने जानकारी गराईएको छ । साथै सामाजिक संजालमार्फत आफ्नो व्यवसाय प्रर्वद्वनका लागि पनि उक्त कार्डबाट भुक्तानी गर्न सकिने बैंकले जनाएको छ । बैंकले हालसम्म ९९ वटा शाखा, ८२ वटा एटीएमबाट र७ वटा एक्सटेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै