PRABHU BANK

आरम्भ चौतारी लघुवित्त र उन्नत्ति सहकार्य लघुवित्तको सेयरमा मूल्य समायोजन

Aarambha Chautari Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था र उन्नत्ति सहकार्य लघुवित्त वित्तीय संस्थाको एकैदिन बोनस पछिको सेयर मूल्य समायोजन भएको छ । चैत्र १८ गते बुधबार दुई लघुवित्तको सेयरमा मूल्य समायोजन भएको हो । जसमध्ये आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको ८.८५ प्रतिशत बोनस पछिको सेयरमा मूल्य समायोजन भएको हो । यससँगै संस्थाको सेयर मुल्य प्रतिकित्ता १५३१ रुपैयाँ कायम भएको छ । यसअघि कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता १६६७ रुपैयाँ भएको थियो ।
त्यसैगरी उन्नत्ति सहकार्य लघुवित्तको १७.८१ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन भएको हो । यस्तै अन्तिम कारोबार प्रतिकित्ता २७३० रुपैयाँमा कायम भएको थियो । कम्पनीको सेयर मूल्य समायोजनपछि प्रतिकित्ता २३१७ रुपैयाँ कायम भएको छ । यससँगै अबको कारोबारमा दुबै कम्पनीको पहिलो कारोबार समायोजन पछिको सेयर मूल्यबाट सुरु हुने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै