प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूलाई भेनस हस्पिटलमा १५ प्रतिशतसम्म छुट

काठमाडौँ । प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूलाई भेनस हस्पिटलमा छुट हुने भएको छ । बैंकका ग्राहकहरूलाई मध्य बानेश्वरमा स्थित भेनस हस्पिटलको सेवा सुविधामा ७ प्रतिशतदेखि १५ प्रतिशतसम्म छुट हुने भएको हो ।

उक्त कम्पनीहरुबीच भएको सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरू, कार्ड प्रयोगकर्ताहरू, कर्मचारी तथा कर्मचारीका पारिवारजनले भेनस हस्पिटलमा उपचार सेवा लिँदा फार्मेसी, हेल्थ प्याकेज, डायग्नोष्टिक, अन्तर्रगतका सेवाहरूमा छुट प्राप्त गर्न सक्नेछन् ।

यस छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरूले प्रभु बैंकको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिभिलेज कार्ड तथा क्यूआर बाट समेत भुक्तानी गर्न सक्नेछन् । साथै, भेनस हस्पिटलले अन्तरङ्ग तथा बहिरङ्ग,  रेडियोलोजी, प्याथोलोजी लगायत का सेवा समेत प्रदान गर्दे आइरहेको छ ।

भेनस हस्पिटलका तर्फबाट जनरल म्यानेजर मनिष ढकाल र प्रभु बैंकका तर्फबाट बाग्मती प्रदेश क्षेत्र नं १ का प्रमुख दिपेन्द्र बाबु बिष्टले एक समारोहबीच समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका हुन् ।

ग्राहकहरूको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै ‘बैंक अफ द एयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१५ शाखा कार्यालयहरू, २८६ एटिएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढि ग्राहकहरूलाई ‘विश्वास लिन्छौँ, विश्वास दिन्छौँ’ भन्ने मूल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्