PRABHU BANK

एनआईसी एशिया बैंकको क्युआर कोड सेवा धरानको सब्जीमण्डीमा

NIC ASIA Bank
  • बैंकिङ संसार
काठमाडौं । एनआईसी एशिया बैंकले धरानको सब्जीमण्डीमा क्युआर कोड सेवा संचालनमा ल्याएको छ । बैंकले धरानमा अवस्थित भानुचोकमा रहेको सब्जीमण्डीमा सञ्चालनमा रहेका १०० भन्दा बढी तरकारी, फलफुल, कपडा लगायतका सामग्री खरिद गर्न सकिने पसलहरूमा क्युआर कोड सेवा संचालनमा ल्याएको हो ।
उक्त क्युआर कोडको वितरण नेपाल राष्ट्र बैंकको प्रदेश १ का निर्देशक सत्येन्द्र तिमिल्सिना, धरान उपमहानगरपालिका प्रमुख तिलक राई, धरान संयुक्त बजार एकता संघका अध्यक्ष राम कुमार दास र यस बैंकका प्रदेश १ र २ का डेपुटी प्रोभिन्सियल पर्फमेन्स एसोरेन्स इकोसिष्टम प्रकाशचन्द्र अधिकारीले एक कार्यक्रमकाबीच संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् । बैंकको अनुसार यस बैंकको मोबाइल बैंकिङ, फोन-पे प्रणालीमा आवद्ध अन्य बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकका ग्राहकहरूले मोबाइल बैंकिङ एप/वालेटमार्फत क्युआर कोडमा स्क्यान गरी रकम विक्रेतालाई भुक्तानी गर्न सक्ने भएका छन् ।
बैंकले हालसम्म देशभर ४१ हजार भन्दा बढी क्युआर मर्चेन्टहरू खडा गरी डिजिटल भुक्तानी सेवा प्रदान गर्दै आएको छ र यस प्रणालीमा आवद्ध हुन चाहने नयाँ व्यापारीहरूका लागि बैंकले वेबसाइटमार्फत अनलाईन आवेदन दिन सकिने समेत व्यवस्था गरेको छ । बैंकले हालसम्म मुलुकभर रहेका ३ सय ५२ वटा शाखा कार्यालय, ४ सय ७१ वटा एटिएम, ७५ वटा विस्तारित काउण्टर तथा ८० वटा शाखारहित बैंकिङमार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै