prabhu

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको १२ औं वार्षिक साधारण सभा सम्पन्न

  • बैंकिङ संसार

काठमाडौँ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लि. को १२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । जनउत्थान लघुवित्तको सञ्चालक समितिका अध्यक्ष बाबुराम बिश्वकर्माको अध्यक्षतामा रुपन्देहीको बुटवल उपमहानगरपालिका-९, कालिकापथ स्थित होटल न्यू ईरामा गत चैत २६ गते सम्पन्न भएको हो ।
वार्षिक साधारण सभाको औपचारिक उद्घाटन गर्दै नेपाल सरकारका पूर्व सचिव तथा संस्थाका संस्थापक अध्यक्ष डा. मान बहादुर वीकेले साधारण सभा सम्पन्नताको शुभकामना दिदै हाल बैंक तथा वित्तीय क्षेत्रमा देखिएका समस्या तथा चुनौतीहरूलाई समाधान गर्नका लागि दिर्घकालिन रणनितीहरु निर्माण गरि आगामी दिनहरुमा सामुदायिक बैंकिङ्गको धारणालाई अवलम्बन गर्ने गरि सञ्चालन गर्नु पर्ने कुरामा जोड दिए ।
उक्त वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन सहित आर्थिक वर्ष २०७८/०७९ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचिहरु पारित गरिएको छ ।
त्यस्तै सञ्चालक समितिको प्रस्ताव बमोजिम आ.व. २०७८/०७९ को मुनाफाबाट २०७९ आषाढ मसान्तमा कायम रहेको चुक्ता पूँजी रु. १४ करोड ७९ लाख ६ हजार को ०.७८९५ प्रतिशतले हुन आउने रकम रु. ११ लाख ६७ हजार ६ सय ७९ रुपैयाँ नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने र १५ प्रतिशतले हुने रकम रु. २ करोड २१ लाख ८५ हजार ९ सय बरावरको बोनस शेयर जारी गर्ने प्रस्ताव स्वीकृत गर्ने, संस्थाको अधिकृत पूँजी रु २५ करोड बाट वृद्धि गरी रु ५० करोड पु¥याउने, नेपाल राष्ट्र बैंकबाट स्वीकृत लिई संस्थाको कार्यक्षेत्र १९ जिल्लाबाट विस्तार गरि राष्ट्रिय स्तरमा स्तरोन्नती गर्ने, लेखा परीक्षक नियुक्ति गर्ने, वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ती/समाहित गर्ने प्रयोजनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका महत्पूर्ण निर्णयहरु सर्वसम्मतिले पारित भएको छ ।
सभाको समापन गर्दै सञ्चालक समितिका अध्यक्ष  बाबुराम विश्वकर्माले वर्तमान अवस्थामा वित्तीय क्षेत्रमा देखा परेको चुनौतीको समाधानका लागि दिर्घकालिन रणनिति तथा योजनाहरू निमार्णमा लागि सदस्यहरूको गुनासोको उचित व्यवस्थापन गर्ने गरि वित्तीय संस्थाले प्रवाह गर्ने गुणस्तरीय सेवामा कुनै पनि प्रकारको कमी महसुस नगराई आफ्ना गतिविधिहरू सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरेका थियो ।
संस्थाका सञ्चालक समितिका सदस्य रेवन्त बहादुर विश्वकर्माको स्वागत मन्तव्य सहितको कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष तथा संस्थापक डा.यम बहादुर बि.के, पूर्व सञ्चालक तथा संस्थापक माधव प्रसाद नेपाल, संस्थापक शंकर प्रसाद पौडेल लगायतले आफ्नो राय सुझाव सहित शुभकामना व्यक्त गरेका थिए ।
उक्त कार्यक्रम सञ्चालन संस्थाका निमित्त प्रमुख कार्यकारी अधिकृत/कम्पनी सचिव सुर्य प्रसाद उपाध्यायले गरेका थिए ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै