PRABHU BANK

एक वर्षमा मोबाइल बैंकिङ प्रयोगकर्ताको सङ्ख्या ३२ लाखले बढ्यो

काठमाडौँ । एक वर्षमा मोबाइल बैंकिङ प्रयोगकर्ताको सङ्ख्या ३२ लाख भन्दा बढीले बढेको पाइएको छ । गत आर्थिक वर्ष २०८०-८१ मा मोबाइल बैंकिङ प्रयोगकर्ताको सङ्ख्या ३२ लाख ८४ हजार ८ सय ५७ ले बढेको पाइएको हो ।

गत आर्थिक वर्षमा मोबाइल बैंकिङ प्रयोकर्ताको सङ्ख्या २ करोड ४६ लाख ४८ हजार ८ सय ४६ पुगेको छ । जुन अघिल्लोृ आर्थिक वर्षको तुलनामा बढी हो ।

अघिल्लो आर्थिक वर्षमा मोबाइल बैंकिङ प्रयोगकर्ताको सङख्या २ करोड १३ लाख ६३ हजार ९ सय ८९ पुगेको थियो ।

त्यस्तै, मोबाइल बैंकिङ प्रयोग गरेर गत वर्ष ३ खर्ब ७३ अर्ब ९७ करोडको कारोबार भएको छ । अघिल्लो आर्थिक वर्षमा भने यस्तो कारोबार २ खर्ब ३३ अर्ब ४४ करोड ६० रुपैयाँ बराबरको कारोबार भएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै