काठमाडौँ । कुमारी बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डिसीइओ) मा सुधीरनाथ पाण्डे नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले पाण्डेलाई डिसीइओमा नियुक्त गरेको हो ।
उनीसँग साढे तीन दशकभन्दा बढीको बैंकिङ अनुभव छ । पाण्डेले भाद्र ५ गते (बुधबार) देखि नै डिसीइओको कार्यभार सम्हालेका छन् ।
पाण्डे ६ महिनाअघि एनआईसी एशिया बैंकको डिसीइओबाट बाहिरिएका थिए ।