PRABHU BANK

सिद्धार्थ बैंकको विद्यालय भवन पुननिर्माण गर्न हेल्प नेटवर्कलाई सहयोग

Siddhartha Bank
  • बैंकिङ संसार
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले विद्यालय भवन पुननिर्माणमा सहयोग गरेको छ । बैंकले दोलखा जिल्लास्थित राजकुलेश्वर आधारभूत विद्यालयको भवन पुनर्निर्माणका लागि हेल्प नेपाल नेटवर्कलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो । उक्त सहयोग रकम सोमबार बैंकको लाजिम्पाट अपिसकी हेड अफ सर्कल अफिस निमा नेपालले हेल्प नेटवर्कका अध्यक्ष अरुण सिंह बस्नेतलाई हस्तान्तरण गरेकी हुन् ।
बैंकबाट प्राप्त उक्त रकम हेल्प नेपाल नेटवर्कले २०७२ सालको विनाशकारी भूकम्पले क्षति भएको दोलखाको भिमेश्वर स्थित राजकुलेश्वर आधारभूत विद्यालयको भवन पुनर्निर्माणमा खर्च गर्ने भएको छ । हेल्प नेटवर्क दुर्गम क्षेत्रका बालबालिकाको शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएको गैर सरकारी संस्था हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै