PRABHU BANK

कामना सेवा विकास बैंकद्वारा प्रशान्ति टोल विकास संस्थालाई ६३ थान गमला हस्तान्तरण

काठमाडौँ । कामना सेवा विकास बैंकले प्रशान्ति टोल विकास संस्थालाई ६३ थान गमला हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय दमक, झापा मार्फत प्रशान्ति टोल विकास संस्थालाई ६३ थान गमला हस्तान्तरण गरेको हो ।

बैंकका कोशी क्षेत्रका प्रमुख मोहन दत्त खनालले सो गमला उक्त संस्थाको अध्यक्ष ज्ञान बहादुर कार्कीलाई हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गमला हस्तान्तरण गरेकोमा बैंकलाई धन्यवाद ज्ञापन गर्नुका साथै आयोजना गरिएको कार्यक्रम सकारात्मक रहेको जनाएका छन् । उक्त कार्यक्रममा बैंकका कर्मचारीहरू तथा संस्थाका महानुभावहरूको उपस्थिति थियो ।

योसँगै बैंकले आगामी दिनहरूमा समेत सरोकारवालाहरूको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरूलाई निरन्तरता दिने जनाएको छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै