PRABHU BANK

नबिल बैंकको क्यूआर कोड सेवा धुम्बाराही तरकारी तथा फलफुल बिक्री केन्द्रमा पनि, भुवन कँडेलद्धारा उद्घाटन

Nabil Bank
  • बैंकिङ संसार
काठमाडौं । नबिल बैंकले काठमाडौं धुम्बाराही तरकारी तथा फलफुल विक्री केन्द्रमा क्यूआर भुक्तानी सेवाको शुभारम्भ गरेको छ । मङ्गलबार बिहान नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कँडेलले केही तरकारी खरिद गरी क्यूआर कोड मार्फत भुक्तानी गरी नबिल बैंकको क्यूआर भुक्तानी सेवा सुरु गरेका हुन् । अब धुम्बराही तरकारी तथा फलफुल केन्दमा जाने उपभोक्ताले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन वा मोबाइल वालेट मार्फत सजिलै खरिद गरेको तरकारी वा फलफूलको रकम भुक्तानी गर्न सक्नेछन् ।
क्यूआर कोड भुक्तानी सेवा उद्घाटनमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ व्यवस्थापन कर्मचारीहरू र धुम्बराही तरकारी तथा फलफुल केन्द्रका कार्यकारी सदस्यहरु एवं विक्री केन्द्रका व्यवसायीहरुको उपस्थिति रहेको थियो । राष्ट्र बैंकका कार्यकारी निर्देशक कँडेलले विभिन्न तरकारी तथा फलफुल पसलको अवलोकन र निरीक्षण गरेपछि एउटा तरकारी पसलमा तरकारी खरिद गरी आफ्नो मोबाइल बैंकिङको क्यूआर कोडमार्फत भुक्तानी गरेका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै