PRABHU BANK

राष्ट्रिय खाद्य बैंकको केन्द्रिय कार्यालयको शुभारम्भ, देशव्यापी रुपमा व्यवसायिक बजारीकरण गर्ने लक्ष्य

Rashtriya Khadya Bank
  • बैंकिङ संसार
काठमाडौं । राष्ट्रिय खाद्य बैंकको नयाँ बानेश्वरस्थीत केन्द्रिय कार्यालयको सुभारम्भ भएको छ । पोसिलो आहारको लागि दिगो कृषि भन्ने नाराका साथ केही महिना अघिमात्रै स्थापना भएको बैंकको केन्द्रिय कार्यालयको बिहिबार सुभारम्भ गरिएको बैंकका अध्यक्ष शंकरनाथ उप्रेतीले जानकारी दिए । राष्ट्रिय खाद्य बैंक २ अर्ब लगानीमा देशव्यापी रुपमा व्यवसायिक कृषि उत्पादन गर्ने, भण्डारण तथा बजारीकरण गर्ने लक्ष्य उद्देश्य साथ स्थापना भएको बैंक हो ।
बैंकले कृषिमा परनिर्भरता घटाउने, कृषि उत्पादन बढाउने, रोजगारी बढाउने र अग्रानिक उत्पादनमा जोड दिएर जनस्वास्थ्यको विषयलाई सम्बोधन गर्ने उद्देश्य लिएको छ । हालसम्म यस बैंकमा ५९० जना प्रमोर्टर सेयर सदस्य रहेका छन् । बैंकले त्यसलाई बढाएर १ हजार जना प्रमोर्टर सेयर सदस्य बनाउने उदघोष यसअघि नै गरिसकेको छ । सरकारी मापदण्ड पुरा गरी केही वर्ष भित्रै आइपिओमा जाने समेत बैंकको योजना छन् ।
यस बैंकले पहिलो चरणमा २३ ओटा जिल्लामा यस बर्ष भित्र कृषि उत्पादनको काम थाल्ने प्रक्रिया सुरु गरिसकेको छ जसको लागि बैंकले तराईका विभिन्न जिल्लाहरुमा करिव ६ सय विघा जमिन लिजमा लिइसकेको छ । यसै वर्षभित्र बैंकले उत्पादन गरेका अग्यानिक उन्मुख अनाजहरु सेयर सदस्यहरु तथा उपभोक्ताहरुले उपभोग गर्न पाउने पनि अध्यक्ष उप्रेतिले बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै