PRABHU BANK

मौद्रिक नीति मार्फत बैंकदर र नीतिगत दर घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत बैंकदर र नीतिगत दर घटाएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१-८२ का लागि सार्वजनिक गरेको मौद्रिक नीति मार्फत बैंकदर र नीतिगत दर घटाएको जनाएको छ ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ब्याजदर करिडोरको माथिल्लो सीमाको बैंकदरलाई ७ प्रतिशतबाट ६.५ प्रतिशत र नीतिगत दर ५.५ प्रतिशतबाट ५.० प्रतिशत कायम गरिएको उल्लेख गरेका छन् ।

यसैगरी बैंक तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी विद्यमान व्यवस्थालाई निरन्तरता दिईएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै