PRABHU BANK

नबिल बैंक र यूनाइटेड फाइनान्स एक आपसमा मर्जर हुने, भयो सम्झौता पत्रमा हस्ताक्षर

nABIL-bANK
  • बैंकिङ संसार
काठमाडौं । नबिल बैंक र यूनाइटेड फाइनान्स एक आपसमा मर्जर हुने भएकोे छ । बैंक र यूनाइटेड फाइनान्सबीच प्राप्तिका लागि सम्झौता पनि भइसकेको छ । बैंक र फाइनान्सबीच प्राप्तिका लागि वैशाख १७ गते सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
नबिल बैंकको तर्फबाट मर्जर/प्राप्ति कमिटीका संयोजक उदयकृष्ण उपाध्याय र यूनाइटेड फाइनान्सका तर्फबाट मर्जर/प्राप्ति कमिटी सदस्य मनिष खेम्काले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । यूनाइटेड फाइनान्स प्राप्तिपछि नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत र सबै संचालक अहिलेकै कायम रहने समेत सम्झौतामा उल्लेख छ । दुई संस्थाबीच मर्जरको लागि सम्झौता भएसँगै नबिल बैंकले यूनाइटेड फाइनान्सलाई ३५ रुपैयाँको दरले प्राप्ति गर्ने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै